ADVERTISEMENT

दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा सुनुवाइ सकियो, आदेशको प्रतीक्षा

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा भएको सुनुवाइपछि अब केहीबेरमा आदेश आउने भएको छ।

सरकारले गत १८ कात्तिकमा कार्कीलाई आईजीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। सोही दिन एआईजी डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।

सरकारको उक्त निर्णय गैरकानुनी रहेको र आफूलाई अन्याय भएको दाबी गर्दै कार्कीले सर्वोच्चमा रिट निवेदन दिएका थिए। तिहार र छठ पर्वको बिदापछि अदालत खुलेसँगै आज उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार