काठमाडौंमा आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले जनताको समर्थन र संघर्षबाट सरकारमा पुगेको भन्दै पुनः सरकारमा फर्किने बताएका हुन् ।
उनले एमाले कसैको कृपा वा आशीर्वादमा नभई जनताको समर्थनबाट सरकारमा पुगेको जिकिर गरे ।
‘फेरि नेकपा एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ,’ ओलीले भने, ‘देश बनाउँछ एमालेले । विकासका कामलाई फेरि अगाडि बढाउँछ ।’
उनले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई अझ स्पष्ट रूपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
-
arko
-
हेडिङ:
एमाले फेरि सरकारको नेतृत्वमा पुग्छ : ओली
समाचार:
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन् ।
काठमाडौंमा आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमाले जनताको समर्थन र संघर्षबाट सरकारमा पुगेको भन्दै फेरि सरकारको नेतृत्व गर्ने बताएका हुन् ।
उनले एमाले कुनै प्रतिक्रियावादी शक्ति वा अन्य दलको कृपा र आशीर्वादबाट सरकारमा नपुगेको स्पष्ट पारे ।
‘फेरि नेकपा एमाले सरकारमा जान्छ । कान खोलेर सुने हुन्छ,’ ओलीले भने ।
एमालेले पुनः सरकारमा पुगेर विकास निर्माणका कामलाई तीव्रता दिने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई थप स्पष्टताका साथ अघि बढाउने उनको भनाइ छ ।




प्रतिक्रिया