ADVERTISEMENT

‘ओली, देउवा र प्रचण्डलाई थुन्छु’ भन्ने अभिव्यक्तिप्रति ओलीको आपत्ति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुन्ने अभिव्यक्ति दिएको भन्दै नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीप्रति आपत्ति जनाएका छन्।

बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आईजीपीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरे। उनले आफूहरू राणा शासन, पञ्चायत तथा निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको स्मरण गराउँदै आफूहरूलाई मजाकको पात्र नबनाउन चेतावनी दिए।

ओलीले कसैविरुद्ध प्रमाण भेटिए कानुनअनुसार पक्राउ गर्न चुनौतीसमेत दिए। उनले गृहमन्त्री सुधन गुरुङको ‘फाइल खोल्दै छु, सबै थुनिन्छन्’ भन्ने अभिव्यक्तिमाथि पनि प्रश्न उठाउँदै यस्ता अभिव्यक्तिले आतंकको वातावरण सिर्जना गर्ने बताए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार