ADVERTISEMENT

एनपीएलको दोस्रो क्वालिफायर पुग्न काठमाडौं र चितवनबीच आज भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै दोस्रो क्वालिफायरमा पुग्ने लक्ष्यमा छन्।

खेलको विजेताले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। अंक तालिकामा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार