काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारले प्रतिशोधका आधारमा नेता–कार्यकर्तालाई पक्राउ तथा आक्रमण गर्न सक्ने आरोप लगाए।
आफूलाई पक्राउ गरिए एमाले चुप लागेर नबस्ने चेतावनी दिँदै उनले लाखौँ कार्यकर्ता सडकमा उतार्ने बताए। यसअघि केही हजारको संख्यामा मात्रै कार्यकर्ता सडकमा आएको उल्लेख गर्दै अब लाखौँको संख्यामा प्रदर्शन हुने उनको दाबी थियो।
त्यस्तै, नयाँ आईजीपीले आफू, प्रचण्ड र शेरबहादुर देउवालाई पक्राउ गर्ने कबोल गरेको दाबीसमेत ओलीले गरेका छन्।
सम्बन्धित खबर




प्रतिक्रिया