काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय भेला आज समापन हुँदैछ। समापनअघि उपाध्यक्ष रामबहादुर थापाले प्रशिक्षण दिने, वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने तथा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीति र पार्टीको आगामी कार्यदिशाबारे धारणा राख्ने कार्यक्रम रहेको छ।
भेला सकिएलगत्तै अपराह्न ३ बजे कार्की ब्याङ्क्वेटमा केन्द्रीय कमिटीको चौथो बैठक बस्ने नेता सूर्य थापाले जानकारी दिएका छन्।
बैठकमा भेलाबाट प्राप्त सुझाव र पार्टीका आगामी सांगठनिक तथा राजनीतिक योजनाबारे छलफल हुने बताइएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया