ADVERTISEMENT

हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा हिंसा, ५६५ पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगलादेश फर्किने घोषणा गरेसँगै देशभर राजनीतिक तनाव बढेको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको लकडाउनका क्रममा २८ जिल्लामा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् ।

हिंसाका क्रममा विभिन्न स्थानमा चार जनाको मृत्यु भएको र कैयौं घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ग्रामीण बैंकका शाखा तथा मोहम्मद युनुसको पैतृक घरमा समेत आगजनी गरिएको छ ।

स्थिति नियन्त्रण गर्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले पछिल्लो २४ घण्टामा राजधानी ढाकाबाट ५६५ जनालाई पक्राउ गरेको छ ।

सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ताबाट हटेकी हसिना हाल भारतमा बस्दै आएकी छन् । उनले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशमा राजनीतिक गतिविधि र तनाव थप चर्किएको हो ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार