ADVERTISEMENT

चक्रवातको आंशिक प्रभाव, तराईमा तुवाँलो

काठमाडौँ । पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभावका कारण देशका केही स्थानमा बदली भएको छ भने तराई, उपत्यका र खोँचहरूमा तुवाँलो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकीका हिमाली भूभागमा आंशिक बदली रहनेछ। आज राति र शुक्रबार दिउँसो कोशी तथा मधेस प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार