काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधनलगायत राष्ट्रिय महत्वका विषयमा दलहरूबीच सहकार्य र सहमति हुनुपर्ने बताएकी छन् ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले राजनीतिक दलहरूबीच संवाद र सहकार्य अहिलेको आवश्यकता रहेको बताइन् ।
उनले प्रतिशोध र निषेधको राजनीति छाडेर राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिँदै संविधान संशोधनजस्ता दूरगामी विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच पर्याप्त छलफल र परामर्श हुनुपर्ने बताइन् ।
सम्बन्धित खबर




प्रतिक्रिया