काठमाडौं । साताको कारोबारको क्रममा मंगलबार सेयर बजार परिसूचक नेप्से १२.७९ अंकले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको छ। नेप्से ०.४८ प्रतिशतले घट्दा यस दिन ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका कम्पनीमध्ये १८५ वटाको सेयर मूल्य घटेको छ भने ८६ वटाको मूल्य बढेको छ।
यस दिन अपर लोहोरे खोलाको सेयर मूल्य सर्वाधिक ११.८४ प्रतिशतले बढेको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको ६ प्रतिशत र अपोलो हाइड्रोपावरको ५.६५ प्रतिशतले मूल्य वृद्धि भएको छ। यता, एभरेष्ट कलरको सेयर मूल्य सर्वाधिक ५.३६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा ७ प्रतिशत नबिल डिबेन्चर २०८९ शीर्ष स्थानमा रहेको छ। उक्त डिबेन्चरको २८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, घलेम्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सानिमा माई हाइड्रोपावर र शिवम् सिमेन्ट्सको उल्लेख्य कारोबार भएको छ।
१३ उपसमूहमध्ये म्युचुअल फन्ड समूहको सूचक मात्र बढेको छ भने बाँकी १२ वटै उपसमूहको सूचक घटेका छन्।




प्रतिक्रिया