ADVERTISEMENT

समाचार कक्षबाट पत्रकार पक्राउ गर्ने कार्य संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनविपरीत : पत्रकार महासघ कार्यबाहक आर्चाय

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार कक्षबाटै पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिने कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले समाचार कक्षबाट पत्रकार पक्राउ गर्ने कार्य संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको बताएका छन्। उनले यस्तो कार्यलाई ‘राज्य आतंक’को संज्ञा दिँदै तत्काल रोक्न माग गरेका छन्।

समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रिया अपनाउने निकाय प्रेस काउन्सिल रहेको उल्लेख गर्दै आचार्यले पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गर्ने कार्य जारी रहे आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नयाँबानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट नियन्त्रणमा लिएको छ।

त्यस्तै, नयाँ पत्रिका दैनिकको कार्यालयमा पुगेका प्रहरीले संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने बताएका छन्। यसैगरी, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

दियो पोस्टको कार्यालयमा समेत सादा पोसाकका प्रहरी पुगेको जनाइएको छ। पत्रकारमाथि भएका यी घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न र समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्य रोक्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार