ADVERTISEMENT

पत्रकार विश्वमणी सुवेदी समाचार कक्षबाटै पक्राउ

काठमाडौं । नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणी सुवेदीलाई प्रहरीले समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ।

नयाँ बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयमा समाचार सम्पादन गरिरहेका सुवेदीलाई केहीबेरअघि सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिएका हुन्।

नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलका अनुसार, समाचारको स्रोत खोज्ने भन्दै प्रहरीको साइबर ब्यूरोले सुवेदीलाई नियन्त्रणमा लिएको हो।

‘समाचारको स्रोत खोज्न भन्दै समाचार कक्षबाटै उहाँलाई सादा पोशाकका प्रहरीले लगेको छ,’ पौडेलले भने, ‘अहिले म पनि साइबर ब्यूरो जाँदैछु।’

सुवेदी लामो समयदेखि सुरक्षा मामिलासम्बन्धी समाचार तथा विश्लेषण लेख्दै आएका पत्रकार हुन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार