ADVERTISEMENT

बडादसैँको टीकाको चौथो दिन आज पनि,टीका र जमरा लगाउने क्रम जारी, सहर फर्किने बढ्दै

काठमाडौँ । बडादसैँको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने क्रम जारी रहेको छ। विजयादशमीका दिन टीका लगाउन छुटेकाहरू आफन्त तथा मान्यजनकहाँ पुगेर टीका र आशीर्वाद ग्रहण गरिरहेका छन्।

 

नेपाली परम्पराअनुसार दसैँको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। दसैँले आफन्त तथा परिवारजनबीच भेटघाट र पुनर्मिलनको अवसर प्रदान गर्नुका साथै आपसी सद्भाव र भाइचारा बढाउने विश्वास गरिन्छ।

 

टीका लगाउन जानेहरूको चहलपहलले सडक तथा बजारमा सर्वसाधारणको आवागमन बढेको छ। यस्तै, दसैँ मनाउन गाउँघर गएकाहरू पनि कामकाजमा फर्किन थालेसँगै सहर तथा सदरमुकामतर्फ फर्किने क्रम बढेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार