ADVERTISEMENT

शिक्षा र महँगीविरुद्ध युरोपका ६ देशमा प्रदर्शन

काठमाडौं । शिक्षा क्षेत्रमा बढ्दो खर्च, बेरोजगारी र महँगो आवासको विरोधमा युरोपका ६ देशमा विद्यार्थी आन्दोलन चर्किएको छ। फ्रान्स, इटाली, स्पेन, ग्रिस, बेल्जियम र अल्बानियामा भएका प्रदर्शनमा विद्यार्थीहरूले शिक्षा सुधार, सस्तो आवास र रोजगारीको माग गरेका छन्।

 

प्रदर्शनका क्रममा केही देशमा तोडफोड, आगजनी र प्रहरीसँग झडप भएका छन्। फ्रान्स, बेल्जियम र अल्बानियामा सयौँदेखि हजारौँसम्म प्रदर्शनकारी पक्राउ परेको विवरण छ।

 

ग्रिसमा विद्यार्थीहरूले होस्टेल र सस्तो भाडाको माग गर्दै संसद् अगाडि धर्ना दिएका छन् भने इटालीमा शिक्षा बजेट वृद्धि गर्न राष्ट्रव्यापी हड्तालको घोषणा गरिएको छ। स्पेनमा घरभाडा नियन्त्रणको मागसहित प्रदर्शन भइरहेको छ। अल्बानियामा भने विद्यार्थीहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार