काठमाडौ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि केही प्रदेशका हिमाली तथा पहाडी भू-भागमा बादल लाग्नेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ। देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यस्तै, हिमाली क्षेत्रका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया