काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गुल्मीको मालिका गाउँपालिका–८, मर्भुङस्थित खडक भगवती मर्भुङ कोट मन्दिरको उद्घाटन गरेका छन्।
पुनर्निर्माण सम्पन्न भएपछि आइतबार बिहान आयोजित विशेष समारोहमा कार्कीले मन्दिर उद्घाटन गरेका हुन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी तथा स्थानीय बासिन्दाको सहभागिता थियो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाका अनुसार मन्दिर पुनर्निर्माणले स्थानीय धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा परम्पराको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीको कमान्डमा ६४ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया