काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ५९ लाख १५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ।
सिटिजन्स क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो। बोर्डले असोज २० गते कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति दिएको हो।
कम्पनीले केही महिनाअघि नै पहिलो चरणको साधारण शेयर निष्कासनका लागि अनुमति मागेको थियो। बोर्डबाट स्वीकृति प्राप्त भएपछि अब निष्कासन प्रक्रिया अघि बढ्ने भएको छ।
कम्पनीका अनुसार आईपीओमार्फत आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाली, सामूहिक लगानी कोष, संस्थाका कर्मचारी तथा सर्वसाधारणका लागि शेयर निष्कासन गरिनेछ।





प्रतिक्रिया