काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) मा बुद्धि अकेला बढुवा हुनुभएको छ। उहाँ यसअघि बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो।
बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव हासिल गर्नुभएका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट बैंकिङ करिअर सुरु गर्नुभएको हो। उहाँ सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध हुनुहुन्छ।
बैंकमा कार्यरत रहँदा उहाँले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका महत्वपूर्ण क्षेत्रमा जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँ हाल बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) का रूपमा कार्यरत हुनुहुन्थ्यो।
अकेला ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुनुहुन्छ। उहाँले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गर्नुभएको छ।
जोखिम व्यवस्थापन, बैंकिङ सञ्चालन तथा संस्थागत कार्यसम्पादनमा हासिल गरेको अनुभवका आधारमा उहाँको बढुवाले बैंकको व्यवस्थापकीय क्षमता र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने बैंकले जनाएको छ।





प्रतिक्रिया