ADVERTISEMENT

यमनमा सरकारी सेना र हुथीबीच भीषण झडप, २७० भन्दा बढीको मृत्यु

काठमाडौं । यमनमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच भएको भीषण झडपमा २४ घण्टामै २७० भन्दा बढीको मृत्यु भएको छ।

साउदी अरबको समर्थन प्राप्त यमनी सरकारले गत महिना हुथी विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रत्याक्रमण सुरु गरेपछि देशमा लडाइँ तीव्र भएको हो।

समाचार एजेन्सी एएफपीका अनुसार हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा मात्रै ११५ सैनिकको मृत्यु भएको छ भने दर्जनौँ सैनिक घाइते भएका छन्।

यमनको दक्षिणपश्चिमी क्षेत्रमा हिंसा बढी केन्द्रित रहेको छ। उक्त क्षेत्र विश्वव्यापी ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने बाब अल–मान्दब जलसन्धि आसपास पर्छ।

हुथी सैन्य स्रोतका अनुसार पछिल्लो २४ घण्टामा १६० हुथी लडाकु पनि मारिएका छन्। तीमध्ये अधिकांशको मृत्यु हुथीको नियन्त्रणमा रहेका क्षेत्रमा साउदी अरबले गरेको हवाई आक्रमणमा भएको बताइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार