ADVERTISEMENT

इन्जिनियर लक्ष्मण केसीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौं । सिभिल तथा ट्रान्सपोर्टेसन इन्जिनियर लक्ष्मण केसीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपालको पूर्वाधार, यातायात, सडक सुरक्षा, अनुसन्धान तथा विकासका क्षेत्रमा लामो समयदेखि कार्यरत छन् ।
केसीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग विभिन्न भूमिकामा काम गरिसकेका छन्। यातायात, सडक पूर्वाधार, योजना तथा विकासका क्षेत्रमा उनले प्राविधिक तथा व्यवस्थापकीय अनुभव हासिल गरेका छन्।
शिक्षण क्षेत्रमा समेत संलग्न केसीले विभिन्न इन्जिनियरिङ कलेजमा सडक सुरक्षा तथा यातायातसम्बन्धी विषयमा अतिथि व्याख्यानसमेत दिँदै आएका छन्।
केसी प्राविधिक पेशासँगै लोकतान्त्रिक तथा राजनीतिक गतिविधिमा पनि संलग्न रहँदै आएका छन्। उनी नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यसमेत भइसकेका छन्। नेपाली कांग्रेसका संगठनात्मक गतिविधिमा पनि लामो समयदेखि संलग्न रहेको उनको भनाइ छ।
अनुसन्धान र प्रविधिमा आधारित राजनीतिको एजेन्डा
केसीले आफ्नो उम्मेदवारीलाई राजनीतिक निर्णय प्रक्रियामा प्राविधिक ज्ञान, अनुसन्धान, वैज्ञानिक योजना तथा प्रभावकारी व्यवस्थापनलाई जोड्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।
भूकम्प, कोभिड–१९ महामारी, बाढी–पहिरो लगायतका विपद् तथा पछिल्ला सामाजिक–राजनीतिक परिवर्तनले विकासका लागि राजनीतिक प्रतिबद्धतासँगै प्राविधिक क्षमता, अनुसन्धान र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताएका छन्।
उनले नेपालका विकास चुनौती समाधानका लागि राजनीतिक शक्ति, विज्ञ, प्राविधिक तथा नागरिक समाजबीच आवश्यक विषयमा सहकार्य र ज्ञान–सीप आदानप्रदानको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
हिमाल, पहाड र तराईका नागरिक, युवा पुस्ता तथा प्राविधिक र विज्ञ समुदायका आवाजलाई पार्टीको नीति तथा निर्णय प्रक्रियासँग जोड्ने लक्ष्यसहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको केसीले बताएका छन्।
उनको उम्मेदवारीको मूल नाराका रूपमा “अनुभवबाट सिक्दै, प्रविधिसँग अघि बढ्दै र सहकार्यबाट समृद्ध नेपाल निर्माण गरौँ” भन्ने सन्देश अघि सारिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार