ADVERTISEMENT

सवारीको मोडिफिकेसन र गुणस्तरहीन हेल्मेटमा निगरानी बढाइने


काठमाडौं । सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको आफूखुसी स्वरूप परिवर्तन र गुणस्तरहीन सुरक्षा उपकरणको प्रयोगमा कडाइ गर्ने भएको छ।

सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ मा राष्ट्रिय सडक सुरक्षा परिषद्लाई सवारीसाधनको मोडिफिकेसन, उत्पादन, पैठारी तथा बडी बिल्डिङको अनुगमन गर्ने अधिकार प्रस्ताव गरिएको छ।

विधेयकअनुसार हेल्मेट, सिटबेल्टलगायत सुरक्षा उपकरणको डिजाइन र प्रयोगको समेत अनुगमन तथा मूल्याङ्कन गरिनेछ। यस्तै, सवारी मर्मत तथा निर्माण गर्ने वर्कशप र कारखानाको मापदण्ड तथा सार्वजनिक सवारीसाधनको यान्त्रिक र भौतिक अवस्थाको परीक्षणमा पनि निगरानी बढाइनेछ।

परिषद्ले अनुगमनबाट देखिएका कमजोरी र आवश्यक सुधारका विषयमा नेपाल सरकारलाई सिफारिस गर्न सक्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार