ADVERTISEMENT

विमानस्थलको ३ किमि क्षेत्रमा फोहोर र वधशाला निषेध


काठमाडौं । सरकारले विमानस्थल आसपास चराचुरुङ्गी तथा वन्यजन्तुबाट हुने हवाई जोखिम घटाउन नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ।

सङ्घीय संसद्मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक, २०८३ मा विमानस्थलबाट तीन किलोमिटर क्षेत्रभित्र अव्यवस्थित रूपमा वधशाला सञ्चालन गर्न तथा फोहोरमैला थुपार्न रोक लगाउने व्यवस्था गरिएको छ।

वधशाला तथा फोहोरबाट निस्कने अवशेषले चिल, गिद्धलगायतका चरालाई आकर्षित गर्ने र विमानसँग ठोक्किने जोखिम बढाउने भएकाले यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।

कानुन उल्लङ्घन गरेमा २० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने र दोहोर्‍याएर कसुर गरेमा अघिल्लो जरिवानाको दोब्बर रकम तिर्नुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार