काठमाडौँ । सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।
सम्बन्धित खबर



प्रतिक्रिया