सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पताललाई आरओ प्रणाली हस्तान्तरण
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीस्थित सेती प्रादेशिक अस्पतालको डायलाइसिस युनिटलाई रिभर्स अस्मोसिस (आरओ) प्रणाली सहयोग गरेको छ।
अस्पतालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अस्पताल व्यवस्थापनलाई आरओ प्रणाली हस्तान्तरण गरेका हुन्। उक्त प्रणालीबाट डायलाइसिस सेवाका लागि आवश्यक पानीको गुणस्तर कायम राख्दै बिरामीलाई सुरक्षित तथा प्रभावकारी उपचार सेवा प्रदान गर्न सहयोग पुग्ने बैंकले जनाएको छ।
सेती प्रादेशिक अस्पतालको डायलाइसिस युनिटले हाल २१ वटा डायलाइसिस मेसिनमार्फत दैनिक तीन सिफ्टमा करिब २४२ बिरामीलाई सेवा दिँदै आएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सुदूरपश्चिमका मिर्गौला रोगी तथा न्यून आय भएका बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए।
बैंकले स्वास्थ्य, शिक्षा, सामाजिक तथा आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया