रसुवा बाढी: १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन


काठमाडौं । रसुवामा आएको बाढीपछि उद्धार तथा राहतका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरीका १ हजार ८४५ जना सुरक्षाकर्मी उद्धार तथा राहतमा खटिएका छन्।

बाढीका कारण विभिन्न स्थानमा फसेका ३ हजार २५३ जनाको उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर प्रयोग भइरहेका छन्।

प्रभावित क्षेत्रमा १० ट्रकभन्दा बढी राहत सामग्री पठाइएको मन्त्री पोखरेलले जानकारी दिएका छन्।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार