काठमाडौं । रसुवामा आएको बाढीपछि उद्धार तथा राहतका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरीका १ हजार ८४५ जना सुरक्षाकर्मी उद्धार तथा राहतमा खटिएका छन्।
बाढीका कारण विभिन्न स्थानमा फसेका ३ हजार २५३ जनाको उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर प्रयोग भइरहेका छन्।
प्रभावित क्षेत्रमा १० ट्रकभन्दा बढी राहत सामग्री पठाइएको मन्त्री पोखरेलले जानकारी दिएका छन्।
सम्बन्धित खबर


