केही क्षेत्रमा भारी वर्षाको सम्भावना


काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्सहित मध्यम वर्षा हुनेछ। विभिन्न प्रदेशका तराई क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको छ।

कोशी, कर्णाली, सुदूरपश्चिम, बागमती, गण्डकी र लुम्बिनीका केही भूभागमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति पनि देशका अधिकांश स्थानमा बदली रही विभिन्न क्षेत्रमा चट्याङ्सहित वर्षाको सम्भावना रहनेछ।

भारी वर्षाको सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार