रसुवा बाढीमा धादिङमा ६ जनाको शव फेला


धादिङ । रसुवामा आएको बाढीमा परेकामध्ये धादिङमा ६ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिका–महेश दोभानमा एक महिला, गल्छीको कोल्फु खोला पुलनजिकै दुई पुरुष, सिद्धलेक गाउँपालिका–७ स्थित त्रिशूली नदी किनारमा एक जना तथा बेनिघाट रोराङ गाउँपालिका–बेनिघाट बजारनजिकै दुई महिलाको शव फेला परेको हो।

धादिङ प्रहरीले हालसम्म बाढी प्रभावित ७ जनाको उद्धार गरिएको जनाएको छ। उद्धार गरिएका घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार