नुवाकोट पुग्यो १६ हजार लिटर हवाई इन्धन बोकेको रिफ्युलर


काठमाडौं । रसुवा बाढी प्रभावितको उद्धारमा खटिएका हेलिकप्टरलाई सहज रूपमा इन्धन उपलब्ध गराउन नेपाल आयल निगमले १६ हजार लिटर क्षमताको रिफ्युलर गाडी नुवाकोट पठाएको छ।

सिनामंगलस्थित हवाई इन्धन डिपोबाट पठाइएको रिफ्युलर नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा राखिनेछ। त्यहाँ पुग्न नसके धादिङको गजुरी ब्यारेकमा राखेर उद्धारमा खटिएका नेपाली सेना तथा निजी कम्पनीका हेलिकप्टरमा इन्धन भरिने निगमले जनाएको छ।

डिपो प्रमुख प्रदीप यादवका अनुसार विमानस्थल बाहिर रिफ्युलर पठाइएको यो पहिलो पटक हो। नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा विशेष परिस्थितिका कारण रिफ्युलर पठाइएको हो।

नुवाकोटमै इन्धन भर्न सकिने भएपछि हेलिकप्टरलाई काठमाडौं फर्किनुपर्ने बाध्यता हट्ने र बाढी तथा पहिरो प्रभावितको उद्धार थप छिटो हुने अपेक्षा गरिएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार