रसुवागढी भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन


काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका १४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।

कार्यालयका अनुसार स्थायी दरबन्दीमा कार्यरत ३६ जनामध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् भने ११ जना अझै सम्पर्कविहीन छन्। त्यस्तै, करार तथा ज्यालादारीमा कार्यरत चार जनामध्ये एक जना सम्पर्कमा आएका छन् भने तीन जनाको अवस्था अज्ञात छ।

सम्पर्कविहीन १४ जना कर्मचारीको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ। बाढीबाट रसुवागढी भन्सार क्षेत्र तथा आसपासमा ठूलो क्षति भएपछि उद्धार टोलीले खोजी कार्यलाई तीव्रता दिएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार