भोटेकोशीमा भीषण बाढी, उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा रहन निर्देशन


काठमाडौं । भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएपछि उद्धार तथा राहतका लागि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक परे तत्काल उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएको जनाएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट एक्कासि ठूलो बाढी आएको हो। बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको बताइएको छ।

बाढीका कारण रसुवा र नुवाकोटको सीमामा रहेको बजारसमेत बगाएको छ। बाढीबाट ठूलो क्षति भएको अनुमान गरिए पनि विस्तृत विवरण आउन बाँकी छ।

२०८३ भाद्र १०, बुधबार १०:४० प्रकाशित
ट्रेन्डिङ समाचार