आज संसद्मा प्रधानमन्त्री शाहको जवाफ


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिनुका साथै मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नेछन्।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता संसद्मा पेस गर्ने कार्यसूची रहेको छ।

यसैगरी, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्नेछ।

२०८३ भाद्र १०, बुधबार ०७:२४ प्रकाशित
ट्रेन्डिङ समाचार