काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने विभागले जनाएको छ।
२०८३ भाद्र १०, बुधबार ०७:२० प्रकाशित


