ताँजाकोट गाउँपालिका कार्यालयमा राति आगलागी


काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी भएको छ। राति करिब १ बजे गाउँपालिका कार्यालयको लेखा शाखास्थित स्टोरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

डीएसपी शंकर खड्काका अनुसार बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। स्थानीय र प्रहरीको सहयोगमा बिहान ३ बजेर ४५ मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट ४ थान काठका र्‍याक, १ थान सुत्ने खाट, १ थान टेबल र १ थान सोलार ब्याट्री जलेर नष्ट भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०८३ भाद्र ८, सोमबार १०:४० प्रकाशित
ट्रेन्डिङ समाचार