कालिका भगवती मन्दिरमा प्रधानन्यायाधीश शर्माको दर्शन


काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा शनिबार बिहान बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर पुगेर पूजा–आराधना तथा दर्शन गर्नुभएको छ।

अदालतहरूको स्थलगत अनुगमन तथा भ्रमणका लागि बागलुङ आउनुभएका शर्मा परिवारका सदस्य तथा न्यायाधीशहरूसहित मन्दिर पुग्नुभएको हो। कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काका अनुसार शर्माले मन्दिरमा पूजा–आजासहित दर्शन गर्नुभएको थियो।

सो अवसरमा गुठी व्यवस्थापन समितिले उहाँलाई कालिका मन्दिरको तस्बिर मायाको चिनो प्रदान गरेको थियो। प्रधानन्यायाधीश शर्माले मन्दिरको आगन्तुक पुस्तिकामा समेत हस्ताक्षर गर्नुभएको छ।

२०८३ भाद्र ६, शनिबार १३:२९ प्रकाशित
ट्रेन्डिङ समाचार