म्याग्दी । लेदो माटोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड म्याग्दीका दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।
शनिबार बिहान करिब ५ः२५ बजे अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
त्यसैगरी, बिहान करिब ५ः३० बजे रघुगंगा गाउँपालिका–२ बैसेरीमा पनि सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ।
दुवै स्थानमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।
२०८३ भाद्र ६, शनिबार ०८:०९ प्रकाशित


