ट्रम्पको वार्ता दाबी अस्वीकार गर्दै इरान, तेलको मूल्यमा गिरावट
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र सम्भावित सैन्य तनाव कम हुन सक्ने बताएका छन्। तर इरानले अमेरिकासँग कुनै संवाद नभएको स्पष्ट पारेको छ। इरानले होर्मुज स्ट्रेटसम्बन्धी समझदारी ओमानसँग मात्रै भएको जनाएको छ।
यसबीच अमेरिका–इरानबीच शान्ति सम्भावनाको आशाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।