होर्मुज वार्तामा प्रगति, रेड सीमामा भारतीय जहाजमाथि आक्रमण


काठमाडौं । इरान र ओमानबीच होर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत पुनः सञ्चालन गर्ने विषयमा भइरहेको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढेको संकेत मिलेपछि विश्व बजारमा आशा बढेको छ। सम्भावित सहमतिका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ।

यद्यपि, यहीबीच यमननजिकै रेड सीमामा भारतीय व्यापारिक जहाजमाथि आक्रमण भई जहाज डुबेको छ। जहाजमा रहेका १४ जना चालकदलका सदस्यको सकुशल उद्धार गरिएको छ। घटनाले रेड सी र बाब अल–मन्देब क्षेत्रमा समुद्री सुरक्षाको जोखिम अझै कायम रहेको देखाएको छ।

विश्लेषकहरूका अनुसार होर्मुजमा कूटनीतिक प्रगति विश्व अर्थतन्त्रका लागि सकारात्मक संकेत भए पनि रेड सीमामा जारी सुरक्षा चुनौतीका कारण क्षेत्रीय तनाव पूर्ण रूपमा अन्त्य भएको निष्कर्ष निकाल्न अझै हतार हुनेछ।

२०८३ श्रावण २०, बुधबार १०:४३ प्रकाशित
ट्रेन्डिङ समाचार