बैंकहरूको कर्जा रिकभरीमा सुधार, केही बैंक अझै दबाबमा


काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूको कर्जा रिकभरीमा पछिल्ला वर्षहरूको तुलनामा सुधार देखिएको बैंकरहरूले बताएका छन्। ब्याज असुली बढ्नु, धितो तथा गैर–बैंकिङ सम्पत्ति बिक्री हुनु र बैंकहरूले ऋणीसँग लक्षित रिकभरी योजना लागू गर्नु यसको मुख्य कारण मानिएको छ। राष्ट्र बैंकले बक्यौता ब्याज असुलीका लागि दिएको थप १५ दिनको समयले पनि रिकभरीमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, आईएमएफको सर्तअनुसार गरिएको १० ठूला बैंकहरूको ‘लोन पोर्टफोलियो रिभ्यु’ प्रतिवेदन कार्यान्वयनपछि केही बैंकको निष्क्रिय कर्जा बढ्न सक्ने र करिब आधा दर्जन बैंक अझै दबाबमा रहने बैंकरहरूको भनाइ छ। राष्ट्र बैंकको ‘स्ट्रेस टेस्टिङ’ प्रतिवेदनले पनि बैंकिङ क्षेत्रको सम्पत्ति गुणस्तरमा जोखिम बढ्दै गएको संकेत गरेको छ।

२०८३ श्रावण १, शुक्रबार २०:४१ प्रकाशित
ट्रेन्डिङ समाचार