सरकारको कार्यशैलीप्रति आङ्देम्बेको प्रश्न


काठमाडौँ। प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकार संसदीय मर्यादा, सुशासन र लोकतान्त्रिक अभ्यासअनुसार अघि बढ्न नसकेको बताएका छन्।

बागलुङको बिहुँमा आयोजित कार्यक्रममा उनले सरकारले परिणाममुखी काम गरे कांग्रेस सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै वर्तमान सरकारका गतिविधिले देशलाई गलत दिशातर्फ लैजान सक्ने चिन्ता व्यक्त गरे।

आङ्देम्बेले संवैधानिक परिषद्सम्बन्धी निर्णय, अध्यादेश, भूमिहीन व्यवस्थापनलगायत विषयमा सरकारको आलोचना गर्दै सय दिनमा गर्ने भनिएका शासकीय सुधारका प्रतिबद्धता पूरा हुन नसकेको दाबी गरे। सरकारलाई अझै पनि कार्यशैली सच्याएर जनताको विश्वास जोगाउन आग्रह गर्दै उनले संसद्, सुशासन र राजनीतिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए।

२०८३ श्रावण १, शुक्रबार २०:१५ प्रकाशित
ट्रेन्डिङ समाचार