गणेश नेपालीको स्वास्थ्यबारे वीर अस्पतालको अपडेट


काठमाडौँ । त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाह गर्ने उदेश्यले शरिरमा पेट्टोल छर्केर आगो लगाई गम्भीर घाइते भएका थिए । वीर अस्पतालमा उपचाररत मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

अस्पतालले आज पत्रकार सम्मेलन गर्दै नेपालीको अवस्था अस्थिर रहेको र जुनसुकै समयमा थप जटिल हुन सक्ने जानकारी दिएको हो। अनुहारमा आगो लागेर श्वासप्रश्वासमा असर परेकाले उपचार चुनौतीपूर्ण बनेको चिकित्सकहरूले बताएका छन्।

नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको छ। हाल उनी वीर अस्पतालको बर्न आइसियु वार्डमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्।

प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा क्रिटिकल केयर, एनेस्थेसिया तथा नर्सिङ सेवासहित २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेको अस्पतालले जनाएको छ।

२०८३ असार २६, शुक्रबार ११:०० प्रकाशित
ट्रेन्डिङ समाचार