काठमाडौं । सिन्धुली खण्डको बीपी राजमार्गमा पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार केही दिनभित्रै पुनर्निर्मित ट्र्याकबाट पूर्ण रूपमा सवारी सञ्चालन गरिनेछ।
वर्षायाममा राजमार्ग अवरुद्ध भएमा आधा घण्टाभित्र सञ्चालनमा ल्याउने गरी आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ। गत वर्षको बाढीपहिरोले करिब ३० किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो भने अहिले अधिकांश खण्डमा पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
जापान सरकारको सहयोगमा केही सडकखण्ड र पुलहरू पनि दुई लेनमा स्तरोन्नति गरिँदै छन्।