अमेरिकाको इरानमा पुनः हवाई आक्रमण, तनाव थप चुलियो


वासिङ्टन डीसी । अमेरिकाले इरानका दक्षिणी क्षेत्रहरूमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा जहाजमाथि भएको आक्रमणको बदलास्वरूप कारबाही गरिएको बताएका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, सिरिक, जास्क, कोनारक, चाबहार र अबु मुसा टापुमा विस्फोट भएका छन्। केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको र हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाइएको छ।

यसैबीच ट्रम्पले इरान सम्झौताका लागि सम्पर्कमा आएको दाबी गरेका छन् भने इरानले अमेरिकी आक्रमणको कडा जवाफ दिने चेतावनी दोहोर्‍याएको छ। पछिल्ला सैन्य कारबाहीसँगै दुवै देशबीच भएको ६० दिने युद्धविराम सम्झौता संकटमा परेको छ।

२०८३ असार २५, बिहीबार ०८:१४ प्रकाशित
ट्रेन्डिङ समाचार