होर्मुज आक्रमणपछि अमेरिकाको इरानमाथि हवाई हमला


वासिङ्टन डीसी । स्ट्रेट अफ होर्मुजमा तीनवटा तेल ट्याङ्करमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार ८० भन्दा बढी लक्ष्यमा गरिएको आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का ६० भन्दा बढी साना डुङ्गा, क्षेप्यास्त्र प्रक्षेपण स्थल र सैन्य कमाण्ड केन्द्रलाई निशाना बनाइएको छ।

इरानले अमेरिकी कारबाहीलाई गत महिना भएको समझदारीको उल्लङ्घन भन्दै आपत्ति जनाएको छ। इरानी अधिकारीहरूले राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न निर्णायक कदम चाल्ने चेतावनी दिएका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा आक्रमण भएको थियो, जसमा केही सर्वसाधारण घाइते भएको दाबी गरिएको छ। यसैबीच अमेरिकाले इरानसँग कूटनीतिक वार्ता जारी राख्ने जनाएको छ।

होर्मुज क्षेत्रमा भएका तेल ट्याङ्कर आक्रमणको जिम्मेवारी इरानले औपचारिक रूपमा स्वीकार गरेको छैन। अमेरिकाले भने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफस्वरूप सैन्य कारबाही गरिएको जनाएको छ।

२०८३ असार २४, बुधबार ०९:३४ प्रकाशित
ट्रेन्डिङ समाचार