काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको खरिददर १३३.१४ रुपैयाँ र बिक्रीदर १३३.७४ रुपैयाँ कायम गरिएको छ भने युरोको खरिददर १४४.८२ र बिक्रीदर १४५.४३ रुपैयाँ तोकिएको छ।
त्यसैगरी, भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६०.१५ रुपैयाँ रहेको छ। पाउण्ड स्टर्लिङको खरिददर १७१.८३ र बिक्रीदर १७२.५३ रुपैयाँ निर्धारण गरिएको छ।
उच्च मूल्यका मुद्रामध्ये कुवेती दिनारको खरिददर ४३३.५७ र बिक्रीदर ४३६.२१ रुपैयाँ तथा ओमानी रियालको खरिददर ३४५.५७ र बिक्रीदर ३४७.७० रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

२०८३ असार २३, मंगलवार ०७:२८ प्रकाशित



