विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँ सहयोग गरेको छ।
विराटनगर मेडिकल कलेज, विराटनगर शिक्षण अस्पताल र विराट नर्सिङहोमलगायत संस्था सञ्चालन गर्दै आएको विराट ग्रुपले उक्त रकम सहयोग गरेको हो।
ग्रुपका अनुसार कर्मचारीको एक दिनको तलबबाट संकलित ४७ लाख ५० हजार रुपैयाँ र ग्रुपका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीले व्यक्तिगत रूपमा प्रदान गरेको २४ लाख ५० हजार रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँ कोषमा जम्मा गरिएको हो।
विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रशासन प्रमुख प्रमेशराज देवकोटाका अनुसार बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
सम्बन्धित खबर

प्रतिक्रिया