लोकसेवा परीक्षा तयारी/टिप्स ( विषयगत प्रश्नोत्तर )


राष्ट्रिय परिचय पत्रको उद्देश्य एवं उपयोगिता के रहेको छ ? राष्ट्रिय परिचयपत्रको अभिलेखमा राखिने विवरणहरु उल्लेख गर्दै परिचयपत्र प्राप्त गर्ने प्रक्रिया स्पष्ट पार्नुहोस् ।
पृष्ठभूमि
 राष्‍ट्रिय परिचयपत्र व्यक्तिका परिचय प्रमाणिकरणको डिजिटल समाधान (digital solution) हो ।
 डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको छ
 विना भेदभाव सबै नागरिकहरुले यस्तो डिजिटल परिचयपत्र प्राप्‍त गर्नु भनेको राष्‍ट्रिय समावेशीकरणलाई समेत टेवा पुर्‍याउनु हो ।
राष्ट्रिय परिचयपत्रको उद्देश्य
 नेपाली नागरिकहरूको वैयक्तिक र जैविक विवरणहरूको केन्द्रीकृत रूपमा भन्डारण तथा अभिलेख गर्ने
 सबै नागरिकहरूलाई परिचय खुल्ने र नदोहरिने गरी बहुउपयोगी राष्ट्रिय परिचय नम्बर (Unique Digital Identification) प्रदान गर्ने।
 नेपाली नागरिकहरूलाई राष्ट्रिय पहिचान सहितको बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने ।
 राष्ट्रिय परिचयपत्र प्रदान गर्न आवश्यक पर्ने पूर्वाधारहरू, नीति तथा कानूनहरूको तर्जुमा गर्ने ।
 नेपाल सरकारबाट नेपाली नागरिकहरूलाई प्रदान गर्ने सेवा सुविधाहरूलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्व गर्ने
 राष्ट्रिय परिचयपत्र प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेखहरूलाई नीति तथा योजना निर्माणमा प्रयोग गर्ने ।
परिचयपत्रको उपयोगिता
 मतदाता परिचयपत्रको रूपमा ।
 ब्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा ।
 सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा ।
 सामाजिक सुरक्षा कार्डका रूपमा ।
 सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा ।
परिचयपत्रको अभिलेखमा राखिने विवरणहरु
 नामथर
 जन्म मिति
 लिङ्ग
 राष्ट्रियता
 राष्ट्रिय परिचय नम्बर
 परिचयपत्र जारी मिति र जारी गर्ने अधिकार
 फोटो
 ठेगाना स्थायी र अस्थायी
 नागरिकताको किसिम र नागरिकता नम्बर नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिको हकमा
 जैविक विवरण
 बाबु आमाको नाम
 पति वा पत्नीको विवरण
 तोकिए बमोजिमका अन्य विवरण
परिचयपत्रको दृश्य भागमा उल्लेख गरिने विवरणहरु
 नामथर
 जन्ममिति
 लिङ्ग
 राष्ट्रियता
 परिचय नम्बर
 फोटो
 परिचयपत्र जारी मिति र जारी गर्ने अधिकारी
 स्थायी ठेगाना
 नागरिकताको किसिम र नागरिकता नं
परिचयपत्र प्राप्त गर्ने प्रक्रिया
 योग्यता पुगेको हुनुपर्ने
 १६ वर्ष उमेर पुगेको व्यक्तिले परिचयपत्र लागु भएको मितिले २ वर्षभित्र स्थानीय अधिकारी समक्ष निवेदन दिनुपर्ने
 निवेदन प्राप्त भएपछि स्थानीय अधिकारीले निवेदन दिने व्यक्तिको मुखाकृति देखिने गरी विद्युतीय तस्वीर दुवै हातका दश औलाको विद्युतीय छाप आँखाको नानी हस्ताक्षर लगायतका तोकिएका वैयक्तिक तथा जैविक विवरण लिनुपर्ने
 तोकिएको अवधिभित्र निवेदन नदिएमा विलम्ब दस्तुर बुझाउनुपर्ने
 परिचयपत्रको लागि निवेदन दिदा देहायका कागजात संलग्न गर्नुपर्ने
 नेपाली नागरिकताको सक्कल प्रति
 नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाण
 नागरिकतामा भन्दा फरक स्थायी ठेगाना भएमा बसाइसराई वा विवाह दर्ताको प्रमाणपत्र
 विवाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पत्नीको नाम उल्लेख नभएमा वा फरक परेमा विवाह दर्ताको प्रमाणपत्र
 निवेदन उपर स्थानीय अधिकारीले आवश्यक छानवीन गरी विभाग समक्ष सिफारिस गर्ने
 महानिर्देशकले जैविक विवरण विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्टकार्ड प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र जारी गर्नुपर्ने
नाबालक राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने प्रक्रिया
 नागरिकता प्राप्त गर्ने उमेर पुरा नभएको व्यक्तिले नाबालक राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्ने
 नाबालक राष्ट्रिय परिचयपत्र लिन चाहने नाबालकको बाबु आमा संरक्षक वा माथवर व्यक्तिले स्थानीय अधिकारी समक्ष निवेदन दिनुपर्ने
 अनुसूची ५ को ढाँचामा निवेदन दिनुपर्ने
 जन्म दर्ता प्रमाणपत्र र बाबु वा आमाको परिचय नम्बर वा नागरिकताको प्रमाणपत्र संलग्न गर्नुपर्ने
 १० वर्ष भन्दा कम उमेरका नाबालकलाई प्रदान गरिएको राष्ट्रिय परिचयपत्र ५ वर्षको लागि मान्य हुने
 पुन आवश्यक परेमा नविकरण गर्न सकिने
 १६ वर्ष उमेर पुगेपछि नाबालक परिचयपत्र स्वत रद्द हुने
 परिचय नम्बर रद्द नहुने
निष्कर्ष
अन्य सार्वजनिक सेवा सँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायहरुले झन्झट रहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुने भएकोले प्रभावकारी सार्वजनिक सेवा प्रदान गर्न राष्ट्रिय परिपत्र वितरण अभियानलाई सफल बनाउन जरुरी रहेको छ ।

२०८३ असार १८, बिहीबार २०:३५ प्रकाशित
ट्रेन्डिङ समाचार