काठमाडौं । सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा ४० वर्षीय रामेश्वर राम पक्राउ परेका छन्। प्रहरीले दिएको जानकारीअनुसार उनले आफ्नै बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको, घटना सार्वजनिक भएपछि बयान फेर्न दबाब दिँदै हत्या गर्ने धम्की दिएको आरोप छ।
धम्कीका कारण बुहारी सरस्वती राम आत्महत्या गर्न बाध्य भएको आशंकामा प्रहरीले पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।