‘सरकारी हस्तक्षेपले एन्फा संकटमा’ : ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले खेलकुद क्षेत्रमा गरेको हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेको आरोप लगाउनुभएको छ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासंघको कार्यक्रममा उहाँले खेलकुद संस्थाहरूलाई स्वतन्त्र रूपमा सञ्चालन हुन दिनुपर्ने बताउँदै एन्फामाथिको प्रतिबन्ध हटाउन पहल गर्नुपर्ने धारणा राख्नुभयो।

ओलीले खेलकुदको विकास आधारभूत तहबाटै गर्नुपर्नेमा जोड दिँदै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिष्ठा बढाउन सक्ने विश्वास व्यक्त गर्नुभयो। साथै, खेलाडी र खेलकर्मीको मनोबल उच्च राख्न सबै पक्षलाई आग्रह गर्नुभयो।

२०८३ असार १६, मंगलवार १६:१२ प्रकाशित
ट्रेन्डिङ समाचार