काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ५९२ सवारीसाधनलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
कार्यालयले मादक पदार्थ सेवन, रातो बत्ती उल्लङ्घन, तीव्र गति, लेन मिच्ने, राइड सेयरिङ, कालो सिसा प्रयोगलगायत विभिन्न कसुरमा सवारीसाधनमाथि कारबाही गरेको जनाएको छ। ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिएको छ।